नेपालीमा मुराद संहिता / Murad Code in Nepali

मुराद संहिताको मस्यौदामा प्राप्त भएको महत्त्वपूर्ण र विस्तृत प्रतिक्रिया र सिफारिसमा छलफल गरिसकेपछि यसको विस्तृत समीक्षा र संशोधन प्रक्रिया पूरा गरिएको छ । मस्यौदा संशोधनका लागि गरिएका लिखित प्रतिक्रिया संकलन र कार्यशालामा पीडित/प्रभावित  तथा अन्य विशेषज्ञहरू सहभागी भएका थिए ।  फलस्वरूप, १३ अप्रिल २०२२ मा सार्वजनिक गरिएको मुराद संहिता (“प्रणालीगत र द्वन्द्वकालीन यौनजन्य हिंसाका बारेमा जानकारीको संकलन र संकलित जानकारीको प्रयोगको विश्वव्यापी आचार संहिता”) को “चालू” संस्करण तयार भएको छ ।

 जुन २०२० को मुराद संहिताको मस्यौदा (को अंग्रेजी, अरबी, स्वाहिली, फ्रान्सेली र स्पेनी संस्करणहरू) अझै हेर्न सकिन्छ । त्यस्तै, प्रतिक्रियाहरूको अंग्रेजीमा मात्र उपलब्ध छोटो सारांश र जुन २०२० पछि प्राप्त प्रतिक्रियाको संग्रह (अंग्रेजीमा) पनि हेर्न सकिन्छ ।

तल  मुराद संहिताको हाल चालू संस्करणको नेपाली अनुवाद दिइएको छ । प्रणालीगत र द्वन्द्वकालीन यौनजन्य हिंसा (SCRSV) को बारेमा जानकारी सुरक्षित, प्रभावकारी र नैतिक ढङ्गले संकलन गर्नका लागि आवश्यक न्यूनतम मापदण्ड कायम गर्न सकियोस् भन्ने कुरा सुनिश्चित गर्न यो दस्तावेज बेला बेलामा संशोधन गरिने छ ।

मुराद संहिता अन्य केही भाषामा पनि उपलब्ध छ । माथिको ड्रप डाउन मेनुको प्रयोग गरी अन्य भाषामा उपलब्ध संहिता हेर्न सकिन्छ ।

संस्करणको पूर्ण पाठ नेपालीमा डाउनलोड गर्नुहोस्

PDF मा डाउनलोड गर्नुहोस्Word मा डाउनलोड गर्नुहोस्